काठमाडौं । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै भे १ च २५६० नम्बरको बोलेरो जीप बिहीबार बिहान ३ः५५ बजेको समयमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरी सहायक हवलदार तिलक सिंहले भने,’बिहान दुई जनाको शव फेला परेको थियो । अहिले थप दुई शब भेटिएको छ ।
घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याइएको छ । हाम्रो टोली घटनास्थलमा गएको छ, सबै कुरा खुलेको छैन ।’ उनकाअनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।