काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रदान गरेको छात्रवृत्तिबाट ३ सय ७१ जना विद्यार्थीहरु लाभान्वित भएका छन् । गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहलाई छात्रवृत्तिमा समान अवसर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताएका छन् ।
गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुले यही जेष्ठ १५, १८ र १९ गते सञ्चालन गरिएको छात्रवृत्ति वितरण परीक्षाबाट गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयमा अध्ययनरत २८७२ (दुई हजार आठ सय बहत्तर) जना विद्यार्थी मध्ये ३ सय ७१ (तीन सय एकहत्तर) जना विद्यार्थीहरु लाभान्वित भएको उनले बताए ।
यस छात्रवृत्ति वितरण परीक्षाले विद्यालयद्वारा प्रदान गरिँदै आएको छात्रवृत्तिलाई अझै पारदर्शी बनाउने अपेक्षा गरिएको र आगामी वर्ष यसलाई अझै व्यवस्थित बनाइने अध्यक्ष चुमानले प्रतिवद्धता जनाएका छन् ।