कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन्। उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले बताए ।
एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो।
८ वटा खच्चडको उद्धार गरिएको छ ।
आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन्।