काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पुर्पक्षका लागि कारागार चलान भएका छन् । कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका हुन् । उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।
लामा १८ जेठमा चितवनबाट पक्राउ परेका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको थियो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभबिरुद्ध ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको प्रहरीले जनाएको छ ।
त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा १२ करोड हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको प्रहरीले जनाएको छ ।