काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले गिरीबन्धु प्रकरणको फाइल खोल्ने कुरा कहाँ गयो भनि सरकारलाई प्रश्न गरेका छन् ।
आज जारी संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका हुन् । उनले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरे ।
सांसद शाहीले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउदै सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप समेत लगाए । उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरे ।