काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरी जबरजस्ती करणीमा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीसँग सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै दोषी ठहर गरेको हो ।
अदालतले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ। जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् । जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो।उक्त फैसलाको सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो।
उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन्। सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।