काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार दिउसो पाँच जनालाई नियन्त्रणमा लिएको हो।
वनमन्त्रालयमा कार्यरत रहेका केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवल परासीमा कार्यरत रहेका पदम राज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका सुवास पौडेललाई आइतबार नियन्त्रणमा लिइएको हो।
त्यसैगरी जनपुरबाट दिलीपकुमार साह र चितवनबाट राजेश लम्साललाई पक्राउ गरिएको पुष्टि सिआइबीले गरेको छ।