काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को असार ७ गते बसेको बैठकले प्याकुरेललाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिश गरेको थियो।
प्याकुरेलले आफ्नो नाम फिर्ता लिन अनुरोध गरिएको पत्र आइतबार प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु ।”