काठमाडौं । न्याय परिषद्ले जिल्ला र उच्च अदालतका ९१ जना न्यायाधीशको सरुवा गरेको छ। आज बसेको परिषद् बैठकले जिल्ला अदालतका ६५ न्यायधीश र उच्च अदालतका २६ न्यायाधीशको सरुवा गरेको हो।
एकै कार्यक्षेत्रमा दुई वर्ष बसेका न्यायाधीशहरूको सरुवा गरिएको परिषद्ले जनाएको छ।