काठमाडौं । बेसिशहर नगरपालिका ११ वडा कार्यालयले काठमाडौंमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण गर्ने भएको छ । लमजुङ बेशिसहर ११ घर भइ हाल काठमाडौं बस्दै आएका व्यक्तिलाई लक्षित गर्दै सामाजिक सुरक्षा परिचय पत्र नविकरण गरिन लागिएको हो ।
यस्तै सोही क्रममा चिति सेवा समाज र शुभम इन्टरनेशनल हस्पिटको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिने भएको छ । साउन २४ गते बिहीबार शुभम इन्टरनेशनल हस्पिटल प्रा.लि लोकतान्त्रिक चोक मनमैजुमा शिविर र परिचयपत्र नविकरण गरिने चिति सेवा समाजले जनाएको छ ।