काठमाडौं । लमजुङ बेसिशहर ११ घर भइ हाल काठमाडौं बसोबास गर्दै आएका चिति बासीहरुको संस्था चिति सेवा समाजले बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शुभम इन्टरनेशनल हस्पिटलको समन्वयमा भएको शिविरमा ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शुभम इन्टरनेशनल हस्पिटल प्रा.लि लोकतान्त्रिक चोक मनमैजुमा आयोजित शिविरमा एक सय भन्दा बढीको उपस्थिति रहेको समाजका सचिव यम कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै सोही अवसरमा बेसिशहर नगरपालिका ११ ले सामाजिक सुरक्षा परिचय पत्र नविकरण गरेको छ । कार्यक्रममा बेसिशहर नगरपालिका ११ का वडा अध्यक्ष शिव प्रसाद जोशी, चिति सेवा समाजका पदाधिकारी लगायत चिति घर भइ हाल काठमाडौं बस्दै आएका चितिबासीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौंमै आएर वडाले सामाजिक सुरक्षा परिचय पत्र नविकरण गरिदिएको र समाजले निःशुल्क शिविर आयोजना गरिदिँएकोमा लाभग्राहीहरुले धन्यवाद व्यक्त गरेका थिए । वडाले प्रत्येक वर्ष चिति सेवा समाजको समन्वयमा प्रत्येक वर्ष सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्दै आएको छ ।


