काठमाडौं । लमजुङको बेशिहर ११ खोला खेत (धङ खोला) मा पहिरोले ठूलो क्षति पुर्याएको छ । अविरल वर्षाका कारण शनिबार उक्त ठाउँमा पहिरो गएको हो ।
पहिरोले सडक, खानेपानी रखेत बगाएको वडा नं. ११ का वडाअध्यक्ष शिव प्रसाद जोशीले बताएका छन् । यसअघि बाढी पहिरोका कारण रिट्ठे बगर–बुढीकुडा सडकमा क्षति पुर्याएको थियो ।
यस्तै केही दिनअघि लमजुङको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजना नजिँदै ड्याम साइडमा पहिरो जाँदा बेसिशहर नगरपालिका ११ चितिका बस्तीहरु उच्च जोखिममा परेका छन् ।