काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका सालक भेटिएको छ । लोपोन्मुख दुर्लभ जातको सालक गाउँपालिका वडा नं.३ र वडा नं.४ को बिचमा रहेको किसेदी खोलाको किनारा भेटिएको हो ।
उक्त सालक ग्याविन जालीमा अड्किएर रहेको अवस्थामा स्थानीयले देखेपछि श्रीमन्ज्याङ प्रहरी चौकीलाई खबर गरेका थिए ।
सो सालक सव–डिभिजन वन कार्यालय बेलघारीलाई खबर गरेर वन अधिकृत मनिश कार्कीको रोहवरमा जंगलमा छोडिएको गाउँपालिका कार्यालयले जनाएको छ ।