काठमाडौं । पोखरा विमानस्थलबाट उडान र अवतरण ठप्प भएको छ । पोखरा विमानस्थलका अनुसार भिजिविलिटीका कारण उडान र अवतरण दुबै ठप्प भएको हो । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था नरहेको बताइएको छ । यता, पोखराबाट काठमाडौँका लागि उडेको विमान भैरहवा डाइभर्ट भएको छ ।
पोखराबाट ७२ जना यात्रु लिएर साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौँ उठेको थियो । काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।
वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको हो । अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने बताइएको छ ।