काठमाडौं । लमजुङ बेसिशहर १ उदिपुर पहिरोले सडक अवरुद्ध भएको छ । आइतबार बिहान पहिरो खस्दा बाटो अवरुद्ध बनेको हो । अहिले एकतर्फी मात्र सडक सुचारु भएको प्रहरीले जनाएको छ ।
सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् ।
यो स्थानमा विगत ३ वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो ।
तस्बिरः अनिल गुरुङ