काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका ११ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । यही भदौ २९ गते बालदिवसको अवसरमा वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताएका छन् ।
उक्त कार्यक्रमको तयारी र विविध कामको बारेमा छलफल गर्न यहि २५ गते ११ बजे राजनीतिक दलका प्रमुख, टोल सुधार समितिका अध्यक्ष र महिला सञ्जाल अध्यक्ष र सचिव, खानेपानी अध्यक्ष, वडा बाल क्लब अध्यक्ष, हेल्थ पोस्ट प्रमुखबीच छलफल गर्न लागिएको वडाध्यक्ष जोशीले बताएका छन् ।