काठमाडौं । शुक्रबार बागलुङमा भएको गाडी दुर्घटनामा मृत्यु हुने एक जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेकी छन्। अन्य दुई जनाको भने पहिचान खुल्न बाँकी छ।
आज बिहान रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका- २ भुङखानीमा दुर्घटना भएको थियो। प्रहरीका अनुसार सो गाडीमा उपाध्यक्ष बुढासहित पालिकाका कर्मचारीहरू सवार थिए। तर, पहिचान खुलेको छैन। केही समय अघि काठमाडौं आएकी बुढा फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको हो।