काठमाडौं । धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा आइतबार थप १६ शव भेटिएका छन्। यसअघि हिजो शनिबार दुई वटा बस र १४ शव फेला परेका थिए।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११:५५ बजेसम्म थप दुई वटा बस र १६ शव भेटिएका हुन्। घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।