काठमाडौं । दशैंतिहारका लागि खुलेको बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको छ। यातायात व्यवसायीहरूले सरकारसँग छलफल गरेर अग्रिम टिकट बुकिङ गर्न लागेका हुन्।
यातायात व्यवस्था विभागको समन्वयमा गत शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो।
तर, असोज ११ र १२ गतेको बाढीपहिरोले राजधानी जोड्ने अधिकांश सडकमा ठूलो क्षति पु¥याएकाले व्यवसायीहरूले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरेका हुन्। बस चलाउन सक्ने अवस्था नभएकाले बुकिङ बन्द गर्ने तयारी भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।