काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिकामा दशैंलक्षित कृषि तथा पशु हाटबजार शुरु भएको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ गाउँपालिकामै पहिलोपटक कृषि तथा पशु हाटबजार शुरु भएको हो ।
स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजारीकरणसँगै उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले पालिकामा पहिलोपटक हाटबजार मेला सञ्चालन गरिएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । पालिकामा पहिलोपटक सञ्चालन भएको हाटबजारमा आफूले उत्पादन गरेका वस्तुहरू बिक्री गर्न पाउँदा किसानहरू हर्षित भएका छन् ।