काठमाडौं । लमजुङमा ९ स्थानमा यात्रु सहायता कक्ष राखिएको छ । चाडपर्व शुरु भएसँगै सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने स्थानमा यात्रु सहायता कक्ष राखिएको हो ।
यात्रुहरूसँग भाडा बढी लिने, चोरी तथा लुटपाट जस्ता गतिविधि बढ्ने भएकाले यस्ता समस्या तत्कालै समाधानको लागि ९ स्थानमा यात्रु सहायता कक्ष राखिएको प्रहरीले जनाएको छ । मनाङे चौतारा, सेरा चोक, भोटेओडार, पाउँदी, धमिलिकुवा, खत्रीठाँटी, भोर्लेटार, दुईपिप्ले, खुदीमा यात्रु सहायता कक्ष राखिएको छ ।