काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी शनिबार बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।
दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ । बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।
आज दुर्घटना भएको गाडी पनि टोखा–छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी सुपर दोर्दी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।