काठमाडौं । सिन्धुलीमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा सोमबार दुर्घटनामा परेको हो।
प्रहरीले काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस सोमबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको जनाएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए। विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ।