काठमाडौं । ललितपुरको सातदोबाटोमा बसमा आगलागी भएको छ । शनिबार अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हाे ।
बसमा आगलागीको कारण खुलेको छैन । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए । सबै यात्रुहरु सुरक्षित रहेका छन् ।