काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
सोमबार बसेको सो पार्टीको पदाधिकारी बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
बैठकले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रम समेत बनाएको छ । बैठकले मङ्सिर मसान्तसम्म पालिकासम्म खबरदारी सभा गर्ने र सम्मेलन सँगसँगै गर्ने निर्णय गरेको छ ।