काठमाडौं । लमजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कव्होलासोथार गाउँपालिका-९ छापाका ५० वर्षीय मंगल परियार रहेका छन्।
उनलाई एकनाले भरुवा बन्दुक १ थानसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले उनको घर नजिक जंगलको भीरमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यसबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 
		 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					
 

