काठमाडौं । एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।
मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगर वडा नम्बर १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने एमालेको आन्तरिक दाबी थियो । तर उसको दाबी अनु्सार परिणा आएको छैन ।
कीर्तिपुरसहितका स्थानमा पराजित भएपछि निर्वाचन परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन् ।