काठमाडौं । रोटरी क्लब अफ लमजुङ र रोटरी क्लब अफ भरतपुरको आयोजना र रोट्राक्ट क्लब अफ लमजुङको सह आयोजनामा बालबालिकाहरुलाई जाडोको लुगाहरु वितरण गरिएको छ ।
बेसीशहर नगरपालिका वडा नं ९ मा रहेको श्री चन्द्र ज्योति आधारभूत विद्यालय विम्दाबेसीमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई टिच कार्यक्रम अन्तर्गत रही विद्यालय पोसाक ट्रयाक सूट, जुत्ता, मोजा, टोपी प्रदान गरिएको हो ।
कार्यक्रम रोटरी क्लब अफ लमजुङका अध्यक्ष रोटेरियन मुकेश कुँवरको अध्यक्षता र रोटरी क्लब अफ भरतपुरका पुर्व अध्यक्ष डा. इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा रोटरी क्लब अफ लमजुङको पुर्व अध्यक्ष रामकुमार श्रेष्ठ, रोटरियनहरु डा. तिलक बाबु घिमिरे, रेशम घिमिरे खत्री, रोटरी क्लब अफ भरतपुरका पुर्व अध्यक्ष धन बहादुर श्रेष्ठ, कोषाध्यक्ष श्रीकृष्ण लामिछाने, उपाध्यक्ष रामबहादुर बस्नेत, सचिव नविन भण्डारी, सर्विस प्रोजेक्ट चियर रो. राजेन्द्र चापागाई, सदस्य घनश्याम तिवारी, ईश्वर बहादुर लोहनी, मधुप्रसाद पोख्रेल रोट्रयाक्ट क्लब अफ लमजुङको अध्यक्ष रोट्रयाक्टर सुश्मा गुरुङ, कोषाध्यक्ष रन्जना विक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमारी गुरुङ, शिक्षक अभिभावक संघ अध्यक्ष सुरज वि.क. लगायतको उपस्थिती रहेको थियो ।
विद्यालयको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने र बालबालिकाको स्वास्थ तथा शारीरिक सुरक्षा साथै आत्मबिश्वास बढाउने उदेश्यले विद्यालय ६० हजार बराबरको विद्यालय पोसाक वितरण गरिएको अध्यक्ष कुँवरले बताउनुभयो । कार्यक्रम सञ्चालन रोटरी क्लवका सचिव नविन भण्डारीले गरेका थिए ।