काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित सामाखुसी खोला किनारा वरिपरि महानगरपालिकाले ढल व्यवस्थापन तथा कोरिडोर निर्माणको प्रक्रिया अगाडि बढाएको छ।
निर्माण कार्यमा अत्यन्त ढिलासुस्ती भएको भन्ने व्यापक जनगुनासो पछि काठमाडौं क्षेत्र नम्बर – ६ का जनप्रतिनिधि स्थानीय जनसमुदायसहित खोलावरपरको क्षेत्रमा स्थलगत अवलोकन गरिएको छ । ढल व्यवस्थापनका लागि खोलामा अस्तव्यस्त तरिकाले फालिएका ठूला–ठूला हयुम पाइपका कारणले दुर्घटना जोखिम बढ्नुका साथै सानो वर्षा हुँदा पनि खोला वरिपरिको बस्तिहरु जोखिममा पर्न सक्ने अवस्था छ ।
नेपाल विद्युत् प्राधिकरणको बत्तिको पोल सार्न प्रक्रियामा भएको ढिलाईको कारणले नियमित रुपमा कार्य अगाडि बढाउन नसकिएको आयोजनाका ठेकदारले बताएका छन् । अनुगमनका क्रममा आयोजना कार्यन्वयन गर्ने निकायले आयोजनाको विवरणसहितको सूचना पाटी समेत नराखेको पाइएको छ ।
उल्लेखित कुराहरुमा ध्यान दिन सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउँदै नेपाल विद्युत् प्रधिकरण र काठमाडौं महानगरपालिकासँग समन्वय गरी यस कार्यलाई यथासम्भव छिटो सकाउन लागि सबै सरोकारवालाहरुलाइ समेत अनुरोध समेत गरिएको छ ।