काठमाडौं । लमजुङमा १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा एकै परिवारका ३ जना पक्राउ परेका छन् । भारत मोतिहारी घोडासान थाना बकुलिया–५, घर भइ बेसीशहर नगरपालिका–७, सहजी बस्ने ४० वर्षीय सेख सईतुला, उनकी श्रीमती र छोरा समेत तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुले बेसीशहर नगरपालिका–७, बस्ने १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोप लागेको छ ।
उनीहरुले ती बालिकालाई गएको मंसिर २४ गते अपहरण गरी भारत पु¥याएकोमा पुस १५ गते सोमबार पक्राउ गरि जिप्रका लमजुङ ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताए ।