काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालप्रसाद घिमिरेले अदालतविरुद्ध दिएका अभिव्यक्तिको प्रमाण झिकाउन आदेश दिएको छ ।
अध्यक्ष घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो। सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्द घिमिरेले अवहेलना निवेदन दर्ता गराएका हुन्। गत कात्तिक २ मा दर्ता भएको निवेदनमाथि न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले सुनुवाइ गर्दै सात दिनभित्र अध्यक्ष घिमिरेलाई आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो।
जवाफ पेस भएपछि ३ पुसमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो भने आज प्रमाण झिकाउने आदेश भएको हो।