काठमाडौं । लमजुङ मध्यनेपाल नगरपालिका ९ र १० जोड्ने सडक कालोपत्रे शुरु भएको छ । नगर प्रमुख रमेशकुमार पाण्डेलले कालोपत्रेको शिलान्यास गरेका छन् । नगर प्रमुख पाण्डेले तोकिएको समयमा गुणस्तरिय काम गर्न निमार्ण पक्षलाई आग्रह गरे ।
त्यस्तै, नगर प्रमुखबाट शिलान्यास पश्चात वडा नम्बर –९ र १० जोड्ने बाग्रेंबेसी हाँडिखोला – निशान चौतारा सडकखण्डमा कालोपत्रे शुरु गरिएको वडा नम्बर –१० का अध्यक्ष एवं नगर प्रवक्ता रामचन्द्र भण्डारीले जानकारी दिए । उक्त सडक खण्डको बाग्रेंबेसीदेखि निशान चौतारासम्म ११ सय ६० मिटर सडक कालोपत्रेका लाग २ करोड बजेट रहेको छ ।
प्रदेश सरकारको १ करोड रुपैयाँ र मध्यनेपाल नगरपालिकाले विनियोजन गरेको १ करोड रुपैयाँ बजेटबाट सडक कालोपत्रे शुरु गरिएको हो ।