काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरूलाई बोलाएर आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका भौतिक परियोजना र कार्यक्रमहरूलाई सम्पन्न गराउने विषयमा गति बढाउन निर्देशन दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय दल कार्यसमितिको बैठकमा मन्त्रीहरुलाई पनि बोलाएर सभापति देउवा सहितका पदाधिकारीहरूले यस्तो निर्णय गरेका हुन् ।
पार्टी प्रमुख सचेतक श्याम घिमिरेले ‘विगत देखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरू सम्पन्न गराउने प्रकृयामा गती बढाउन’ निर्देशन दिने निर्णय भएको जानकारी दिए ।