काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित मिलन वस्थिमा अबैध रुपमा मरेको कुखुराहरुको मासु बेच्दै आएको पाइएको छ ।
स्थानीयवासीको सूचनाको आधारमा नगरपालिका उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल, वडाध्यक्ष नरेन्द्रदास श्रेष्ठ, पशुपन्छी विकास शाखाका शाखा प्रमुख धनपती राय यादव, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको अनुगमनको क्रममा कुखुराको बोनलेस मासु र मरेको कुखुरा भेटिएको छ भने र बधशाला पनि नजिकै रहेको र फोहोर रहेको भेटिएको छ ।
उप–प्रमुख बुर्लाकोटीले यस्तो मानव जीवनको स्वास्थमा असर गर्ने खालका अखाद्य बस्तु बेच्ने जोकोहीलाई पनि कानूनको दायरामा ल्याई कारबाही गरिने बताइन् ।