काठमाडौं । लमजुङ बेसिशहर ११ मा सार्वजनिक सुनुवाई हुने भएको छ । मंगलबार बसेको सर्वदलिय बैठक र वडाध्यक्षबीच भएको निर्णय अनुसार फागुन १२ गते सार्वजनिक सुनुवाई गर्ने निर्णय भएको हो ।
सार्वजनिक सुनुवाईका क्रममा जनताको गुनासा सुन्न र समाधानका लागि सांसद, जिल्ला प्रसाशन कार्यालय, जिल्लास्थित सबै सरकारी कार्यालय, स्थानीय तहका प्रमुखहरु सहभागी हुने बेसिशहर ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले जानकारी दिएका छन् ।