काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूकाे संस्था प्रेस सेन्टर नेपाल आज (माघ १५ गते) २० वर्ष पूरा जरी २१ओैँ वर्षमा प्रवेश गरेकाे छ।
माओवादी जनयुद्धका क्रममा २०६१ माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आराेहअवराेह तथा संगठनबीच एकता, विभाजनका प्रक्रियापछि अहिले प्रेस सेन्टर नेपालका रूपमा क्रियाशील छ।
आफ्नो स्थापना दिवस प्रेस सेन्टरले आज देशभर कार्यक्रम गरी मनाउँदै छ। मंगलबार बिहान राजधानी काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयाेजना गरिएको छ। प्रेस सेन्टरकाे केन्द्रीय कार्यालय बबरमहलबाट सुरु भएकाे माइतीघर पुगेर फेरि बबरमहलमै पुगेर समापन गरिएकाे थियाे।
कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकाेटा, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकाेटा जुगल, महासचिव सन्ताेष पाैडेल, वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष गाेविन्द देवकाेटा, पत्रकार महासंघका पूर्व अध्यक्ष गाेविन्द आचार्य, महासचिव ओम शर्मा लगायतकाे उपस्थिति थियाे।