काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ । शनिबार बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगलागी हुँदा त्यहाँ झ्यालमा लगाइएका पर्दा, कार्पेट, टेबल र कुर्सीहरू समेत जलेका छन् ।
मन्त्रीको कार्यकक्षमा भएकाले आगलागी भएकाले कतिपय महत्वपूर्ण कागजातहरू समेत जलेको हुन सक्ने आशंका गरिएको छ । आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
अहिले आगो नियन्त्रणमा आइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए। घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको एसपी बोहराले जानकारी दिए ।