काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगन भएको छ । देउवा बिहीबार (फागुन ८) भारत जाने कार्यक्रम थियो ।
उत्तर प्रदेशस्थित प्रयागराजमा शुक्रबार (फागुन ९) इन्डिया फाउन्डेसनले आयोजना गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा उपस्थित हुन उनी त्यहाँ जाने कार्यक्रम तय थियो । अन्तिम समयमा सभापतिको भ्रमण रद्द भएको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।