काठमाडौं । धार्मिकस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार समूह’ र प्रहरीबीच फुङलिङमा झडप भएको छ। काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार साँझ बजारमा नारा लगाउँदै राँके जुलुस प्रदर्शन गर्दा झडप भएको हो ।
राँके जुलुस गर्दा वीरेन्द्रचोकमा प्रहरीसँग झडप हुँदा दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । आन्दोलनकारीले केही हपतायता केबलकार निर्माणको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच पटक–पटक झडपको अवस्था बनेको छ ।