काठमाडौं । त्रिशुली नदीमा वेपत्ता लमजुङ स्थायी घर भएका रोहित रानाको शव भेटिएको छ । आइतबार बिहान शव घटना भएको झण्डै ५ सय मिटर तल भेटिएको थियो ।
नारायणगढबाट काठमाडौं जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका रोहितको शव ९ दिनपछि भेटिएको हो । फागुन २ गते शुक्रबार बिहान ११ः३० बजेतिर लमजुङको सुन्दबजार नगरपालिका–३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षका रोहित राना नारायणगढ–मुग्लिङ सडकखण्ड अन्र्तगत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ चट्टानेभीरमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका थिए।
नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाईकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल रहेको त्रिशूली नदीमा बेपत्ता भएका हुन्। राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै थियो।