काठमाडौं । सत्ता पक्षले भूमि अध्यादेशलाई नियमित विधेयकका रूपमा अघि बढाउने भएको छ । बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
“सत्ता पक्षले अघि सारेका विषयलाई समेत समेटेर विधेयकका रूपमा अघि बढाउने निर्णय भएको छ । अब नियमित विधेयकका रूपमा अघि बढ्छ,” उनले भने ।
जनता समाजवादी पार्टी नेपालको विरोधपछि सरकारले भूमिसम्बन्धी अध्यादेश संसद्मा अघि बढाउन सकेको थिएन ।