काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्ष पदमा मनोनीत गरेको छ । हालै बसेको पार्टी पदाधिकारी बैठकले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
माओवादी पार्टी कार्यालयले पासाङलाई पदाधिकारीमा ल्याउने निर्णयअनुसार उपाध्यक्षको जिम्मेवारी दिएको बताएको छ ।