काठमाडौं । मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।
बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। बैठकमा थाइल्याण्ड भ्रमणको विषयमा पनि समीक्षा हुनेछ।