काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सचिवालयले सोमबार बस्न नसकेको बैठक आजका लागि तय भएको जनाएको छ।
आजको बैठकमा गभर्नर सिफारिस समितिमा एक सदस्य नियुक्त गर्न सक्ने सम्भावना छ। डा. विश्व पौडेलले राजीनामा दिएपछि समितिको एक पद रिक्त छ।