काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो।
प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एकघण्टादेखि छलफल जारी छ। उनीहरुबीच सोमबार नै भेट्ने तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।
ओली र देउवाबीच भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।