काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर संसद अवरुद्ध पारेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदहरू उठेर बैठकमा विरोध जनाएका थिए । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । गृहमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने विपक्षीको अडान छ ।
सभामुख घिमिरेले आशन ग्रहण गरेर बैठक सञ्चालन गर्न सहयोग गर्न आग्रह गरे । दलीय आधारमा सांसदहरूलाई बोल्न दिने भन्दै सभाको कारबाहीलाई अघि बढाउन उनले आग्रह गरिरहे ।