काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १४ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकले जलस्रोत विधेयक फिर्ता लिने निर्णय गरेको छ । विधेयकका केही बुँदालाई स्वार्थ समूहले प्रभावित पारेको आशंकामा विधेयक फिर्ता लिइएको जनाइएको छ ।