काठमाडौं । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचमा एकता हुने भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको सहमति गरिएको बताएका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका अध्यक्ष गौतमबीचमा छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्ततः, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकतामा ध्यानमा राख्दै एकतामा सहमति गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । साथै साउन २ गते राष्ट्रिय सभागृहमा एक समारोहको आयोजना गरेर एकताको घोषणा गरिने जनाइएको छ ।