काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न युवापुस्तालाई आग्रह गरेका छन्। विश्व जनसंख्या दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र समृद्धिसँगै जनसंख्याको सन्तुलित वृद्धि आवश्यक रहेको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गरिँदै प्रधानमन्त्री ओलीले भने,“जनसंख्या बिना देश हुँदैन। मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व बचाउन अब उपयुक्त नीति र व्यवहारिक कदम चाल्नैपर्छ।”
उनी भन्छन्, यदि मानव जाति नै नरहे, विकास, प्रकृति, सृष्टि सबै अर्थहीन बन्छ। जनसंख्या असन्तुलनले समाजमा दीर्घकालीन असर पार्ने भएकाले उनले गोष्ठी र सेमिनार गर्दै आमविनासका हतियार बनाउने प्रवृत्ति पनि बन्द गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले २० वर्षपछि विवाह गर्न कानुनी प्रावधान भए पनि “३० वर्षभित्र तीन सन्तान पाइसक्ने गरी विवाहको निर्णय लिनु उपयुक्त” रहेको बताए।