काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।
बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले आवेदन दिएका उम्मेखवारहरूको नाम सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ ।
आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थनगरका डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल छन्। रास्वपाले आवेदनको लागि साउन ७ गते सम्मको समयसीमा तोकेको थियो।